नेविसंघका असन्तुष्ट पक्षद्वारा १२औं महाविधेशनको सुनिश्चितता माग गर्दै ध्यानाकर्षण
आइतबार पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिमा सहभागी हुन पुगेका कांग्रेस नेताहरुलाई नेविसंघका असन्तुष्ट विद्यार्थीहरुले १२औं महाविधेशनको सुनिश्चितता गर्न ध्यानाकर्षण गराएका हुन्।
काठमाडौं, चैत १९ : नेपाली कांग्रेस निकट नेविसंघका असन्तुष्ट पक्षले १२औं महाविधेशनको सुनिश्चितता गर्नुपर्ने भन्दै नेताहरुको ध्यानाकर्षण गराएका छन्।
आइतबार पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिमा सहभागी हुन पुगेका कांग्रेस नेताहरुलाई नेविसंघका असन्तुष्ट विद्यार्थीहरुले १२औं महाविधेशनको सुनिश्चितता गर्न ध्यानाकर्षण गराएका हुन्।
म्याद सकिसकेको असक्षम सभापतिलाई खारेज गरी नयाँ पदाधिकारीसहितको विधान सम्मत कमिटी ल्याउनुपर्ने भन्दै नेविसंघ बृहत् संघर्ष समितिले पार्टी कार्यालयमा रिले अनशन गरिरहेका छन्।
उनीहरुले असंवैधानिक सभापतिले गरेको सम्पूर्ण चिठि खारेज हुनुपर्ने, १२औं महाविधेशनको सुनिश्चित गरिनुपर्ने भन्दै नाराबाजी गरेका थिए भने कांग्रेस नेताहरुले असन्तुष्ट पक्षको मागलाई गम्भीर रुपमा लिएको बताएका थिए।
प्रकाशित मिति: १३:२२ बजे, आइतबार, चैत १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार