Kathmandu Press

राैतहटमा मेयरको सट्टामा एसइई दिँदै गरेका नक्कली परीक्षार्थी पक्राउ

पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका-६ पोठियाहीका कमल साह छन्।
राैतहटमा मेयरको सट्टामा एसइई दिँदै गरेका नक्कली परीक्षार्थी पक्राउ

रौतहट, चैत १९ : रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको सट्टामा एसइई दिँदै गरेका एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका-६ पोठियाहीका कमल साह छन्।

मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ माविमा सञ्चालन भइरहेको एसइईमा नियमिततर्फ प्रेमलालको सिम्बोल नम्बरमा ३५०३७२८ बाट परीक्षा दिइरँदा कमललाई अनुगमन टोलीले पक्राउ गरेको हो।

पक्राउ परेका कमल प्रेमलालका छोरी–ज्वाइँ रहेको र उनी इन्जिनियर रहेको जनाइएको छ।

प्रकाशित मिति: १३:३१ बजे, आइतबार, चैत १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्