Kathmandu Press

कांग्रेसले बारा २ मा जसपा अध्यक्ष उपेन्द्रलाई सघाउने

केन्द्रीय कार्यालय सानेपामा आज (आइतबार) बसेको कार्यसम्पादन समितिको बैठकले वैशाख १० गते हुने उपनिर्वाचनमा बारा २ मा यादवलाई समर्थन गर्ने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए। 
कांग्रेसले बारा २ मा जसपा अध्यक्ष उपेन्द्रलाई सघाउने

काठमाडौं, चैत १९ : नेपाली कांग्रेसले बारा २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको छ।

केन्द्रीय कार्यालय सानेपामा आज (आइतबार) बसेको कार्यसम्पादन समितिको बैठकले वैशाख १० गते हुने उपनिर्वाचनमा बारा २ मा यादवलाई समर्थन गर्ने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए। 

बारा २ मा जसपाले अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवारका लागि सर्वसम्मत रूपमा सिफारिस गरिसकेको छ। सो क्षेत्रमा जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा उम्मेदवार बन्दै छन्।

माओवादी केन्द्रबाट जनमतमा गएका कुशवाहा सोही क्षेत्रमा रामसहायप्रसाद यादवसँग पराजित उम्मेदवार हुन्। रामसहाय उपराष्ट्रपति बनेसँगै त्यहाँ उपनिर्वाचन हुन लागेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  पूर्वडिआइजी रमेश खरेललाई उम्मेदवार बनाउन लाग्दा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट राजेन्द्र महतो उठ्ने चर्चा छ। एमालेले भने कुनै निर्णय गरिसकेको छैन ।

कांग्रेसले चितवन २ मा जितनारायण श्रेष्ठ र तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ। कार्यसम्पादन समितिको बैठकले बारा, चितवन र तनहुँमा २०७९ को निर्वाचनमा भन्दा पहिला स्वतन्त्र उम्मेदवारी दिएका र अनुशासन उल्लंघन गरेको नेताहरुमाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय पनि गरेको जनाइएको छ।

बैठकले सरकारमा सहभागी मन्त्रीहरुलाई बधाई दिने प्रस्ताव पारित गरेको छ। त्यस्तै बैठकले राष्ट्रपतिको स्वास्थ्यलाभको कामना गर्ने निर्णय गरेको छ। अघिल्लो कार्यसम्पादन समिति बैठकमा पेश भएका कार्यालय सञ्चालन सम्बन्धी निर्देशिका र नियमावलीलाई सुझाव सहित पारित गर्ने निर्णय भएको पाण्डेले बताए।  

प्रकाशित मिति: १२:५५ बजे, आइतबार, चैत १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्