लामाको नेतृत्वमा कांग्रेस बागमती प्रदेश सरकारमा जाने
मुख्यमन्त्रीसहित ११ सदस्यीय बागमती प्रदेश सरकारमा कांग्रेसलाई ५ र माओवादीलाई ४ मन्त्रालय दिइने भएको छ ।
काठमाडौं, चैत १९ : नेपाली कांग्रेस बागतमी प्रदेश सरकारमा जाने भएको छ। प्रदेशसभा संसदीय दलका नेता बहादुरसिंह लामाको नेतृत्वमा सरकारमा जाने गृहकार्य कांग्रेसले गरेको छ।
कांग्रेस पनि सरकारमा सहभागी हुने भएपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेल मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन्।
मुख्यमन्त्रीसहित ११ सदस्यीय बागमती प्रदेश सरकारमा कांग्रेसलाई ५ र माओवादीलाई ४ मन्त्रालय दिइने भएको छ । स्वतन्त्रलाई पनि सरकारमा लैजाने तयारी भएको काग्रेसका एक बागमती प्रदेश सांसदले बताए ।
माओवादीबाट यसअघि नै गंगानारायण श्रेष्ठ, कुमारी मोक्तान र युवराज दुलाल मन्त्री नियुक्त भइसकेका छन् । माओवादीबाट अझै एकजना मन्त्रिमण्डलमा थपिने छन्।
कांग्रेस बागमती प्रदेशसभाको सबैभन्दा ठूलो दल हो। प्रदेशसभामा उसको ३७ सांसद छन् । बागमती प्रदेशमा ११० सदस्यीय संसद छ।
प्रकाशित मिति: १२:१२ बजे, आइतबार, चैत १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











