Kathmandu Press

शिक्षण अस्पताल पुगेर प्रधानमन्त्री दहालले भेटे राष्ट्रपति

शिक्षण अस्पताल पुगेका प्रधानमन्त्री दहालले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेका छन्।
शिक्षण अस्पताल पुगेर प्रधानमन्त्री दहालले भेटे राष्ट्रपति

काठमाडौं, चैत १९ : प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपछि रामचन्द्र पौडेललाई भेटेका छन्।

पेटमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत गराइरहेका राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री दहाल अस्ताल पुगेका थिए।

शिक्षण अस्पताल पुगेका प्रधानमन्त्री दहालले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेका छन्।

राष्ट्रपति पौडेल पेटमा समस्या देखिएपछि शनिबार साँझ अस्पताल भर्ना भएका थिए।

प्रकाशित मिति: १२:०४ बजे, आइतबार, चैत १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्