उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता हुने
निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गराउनु पर्ने छ।
काठमाडौं, चैत १९ : आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि चैत २० गते सोमबार उम्मेदवारी दर्ता हुँदैछ।
निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गराउनु पर्ने छ।
वैशाख १० गते चितवन २, तनहुँ १ र बारा २ मा उपनिर्वाचन हुँदैछ।
गत मंसिर ४ को निर्वाचनमा चितवन २ बाट निर्वाचित रवि लामिछाने नागरिकतासम्बन्धी मुद्धामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि भएका थिए भने तनहुँ १ निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव बनेपछि ती स्थानमा उपविर्नाचत हुन लागेको हो।
उपनिर्वाचनका लागि शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ।
प्रकाशित मिति: ११:४२ बजे, आइतबार, चैत १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











