सांसद मञ्जुले लिइन सपथ
समानुपातिक सांसद शहनाज रहमानको निधन भएपछि रिक्त रहेको स्थानमा जसपाले मञ्जुलाई सांसद बनाएको हो।
काठमाडौं, चैत १९ : प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा (अन्सारी)ले पद तथा गोपनियताको शपथ लिएकी छन्।
उनलाई सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित कानुन समितिको हलमा शपथ ग्रहण गराएका छन्।
समानुपातिक सांसद शहनाज रहमानको निधन भएपछि रिक्त रहेको स्थानमा जसपाले मञ्जुलाई सांसद बनाएको हो। सप्तरी निवासी उनी जसपाको समानुपातिक सूचीमा दोस्रो नम्बरमा थिइन्।
प्रकाशित मिति: ११:३० बजे, आइतबार, चैत १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











