Kathmandu Press

पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षा

आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ। कोशी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा  चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षा

काठमाडौं, चैत १९ : हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रहेको छ। 

आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ। कोशी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा  चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक, दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

सोमबार भने कोशी, गण्डकी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

प्रकाशित मिति: ०७:२८ बजे, आइतबार, चैत १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्