Kathmandu Press

पछाडि फर्कने मेरो बानी छैन, अगाडि नै जाने मक्सद लिएर म आएको हुँ : अर्थविद वाग्ले

‘म रास्वपाको साधारण सदस्यको रूपमा यहाँ उपस्थित छु। पछाडि फर्कने मेरो बानी छैन, अगाडि नै जाने मक्सद लिएर म आएको हुँ।’ 
पछाडि फर्कने मेरो बानी छैन, अगाडि नै जाने मक्सद लिएर म आएको हुँ : अर्थविद वाग्ले

काठमाडाैं, चैत १८ : नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका अर्थविद स्वर्णिम वाग्लेले आफू फेरि कांग्रेसमा नफर्किने बताएका छन।

शनिबार बसुन्धरास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै वाग्लेले आफू हालै रास्वपामा सदस्य रहेको र पछाडि फर्किने बानी नभएको बताएका हुन्। 

उनले भने, ‘म रास्वपाको साधारण सदस्यको रूपमा यहाँ उपस्थित छु। पछाडि फर्कने मेरो बानी छैन, अगाडि नै जाने मक्सद लिएर म आएको हुँ।’ 

साथै उनले लोकतान्त्रिक पार्टीहरूबीच पछि कुनै समय गठबन्धन, सहकार्य गर्न सकिने तर कांग्रेसमा फर्किन्छु भन्ने उल्लेख नगरेको पनि बताए।  

‘सार्थक अथवा निर्णायक तपाईंहरू जस्ता सुधारक भनेर चिनिएका पात्रहरूले नेपाली कांग्रेस पार्टीमा आउनुभयो भने त्यतिबेला रास्वपा पनि लोकतान्त्रिक पार्टी हो, विश्वसनीय वैकल्पिक लोतान्त्रिक पार्टी हो,’ उनले भने, ‘उहाँहरू पनि पूरानो लोकतान्त्रिक पार्टी हो। सहकार्य गर्न सकिने, हामी गठबन्धनको संस्कारमा छौं। मिलेर जान सकिन्छ भन्ने हिसाबले भनेको हुँ। जसरी कम्युनिष्ट पार्टीहरूले पनि गठबन्धन गरे। तर म फेरि नेपाली कांग्रेस फर्किने कुरा उल्लेख गरेको हैन।’

प्रकाशित मिति: १७:५० बजे, शनिबार, चैत १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्