Kathmandu Press

हजारौं क्षमतावान मानिसहरु जोडिन आँटेको यो जनाउ घन्टी मात्र हो : सभापति लामिछाने

लामिछानेले आफ्नो पार्टी देशको सबैभन्दा ठूलो र देशको सबैभन्दा लोकतान्त्रिक पार्टी भएर चाँडै नै खडा हुने उनले बताए। 
हजारौं क्षमतावान मानिसहरु जोडिन आँटेको यो जनाउ घन्टी मात्र हो : सभापति लामिछाने

काठमाडाैं, चैत १८ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी देशको सबैभन्दा ठूलो र देशको सबैभन्दा लोकतान्त्रिक पार्टी भएर चाँडै नै खडा हुने उनले बताएका छन। 

शनिबार बसुन्धरास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तै विज्ञता प्रस्तुत गरौं, मुलुकको सेवा गरौं भन्नेहरूका लागि पार्टीमा ठाउँ राखेको बताए। 

‘म कहाँ गएर मेरो विज्ञता प्रस्तुत गरौं, कहाँ गएर यो मुलुकको सेवा गरौं भनेर सोचिरहनुभएका सबैका लागि हामीले ठाउँ राखेका छौं। र म यहाँहरूलाई संकेत मात्रै गर्न चाहन्छु कि कयौं यस्ता क्षमतावान व्यक्तित्वहरू यस पार्टीको माध्यमबाट मुलुकको सेवा गर्न तयार बस्नुभएको छ,’ उनले भने, ‘निर्वाचनसँगै तपाईंहरूले प्राप्त गर्नुहुनेछ। र यो संकेत हो। कि राष्ट्र स्वतन्त्र पार्टी यो देशको सबैभन्दा ठूलो र देशको सबैभन्दा लोकतान्त्रिक पार्टी भएर चाँडै नै खडा हुन्छ।’

यस्तै यो जनाउ घण्टी मात्रै भएको पनि उनले बताए। कांग्रेस परित्याग गरेका अर्थविद् स्वर्णिम वाग्ले तनहुँ १ र पूर्व डीआईजी रमेश खरेललाई बारा २ मा उम्मेदवार बनाएका रास्वपाका सभापति लामिछानेले भने, ‘आउँदै गरेका हजारौं क्षमतावान मानिसहरु जोडिन आँटेको यो जनाउ घन्टी मात्र हो ।’

प्रकाशित मिति: १७:३३ बजे, शनिबार, चैत १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्