शनिबार थपिए काेराेनाका ३८ नयाँ संक्रमित

काठमाडाैं, चैत १८ : नेपालमा शनिबार थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६५६ जनामा गरिएकाे परीक्षणमा ३८ जनामा संक्रमण पुष्टि भएकाे हाे।
याेसँगै नेपालमा सक्रिय संक्रमितकाे संख्या १७१ पुगेको छ।
स्वास्थ्य मन्त्रालयले पनि छिमेकी भारतमा संक्रमण बढेपछि स्वदेश छिर्ने नाकामा कडाइ गर्न थालेको छ। मन्त्रालयले अहिले नाकामा भित्रिने व्यक्तिहरूमा शंकास्पद लक्षण देखिएका व्यक्तिहरूको परीक्षण गर्दै आएको छ।
साथै संक्रमण बढेपछि मन्त्रालयले सर्वसाधरणलाई जनस्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ।
प्रकाशित मिति: १७:१२ बजे, शनिबार, चैत १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











