खर्चिलो चुनावले समृद्धि छायाँमा पर्छ : वाग्ले
वैशाख १०मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ १मा उम्मेदवार बनेका उम्मेदवारी घोषणा कार्यक्रममा चुनाव खर्चिलो हुँदा लडानी उठानेतिर ध्यान जानाले समृद्धि छायाँमा पर्ने बताए।
काठमाडौं, चैत १८ : राष्ट्रिय स्वतन्त्र पार्टीका नेता स्वर्णिम वाग्लेले खर्चिलो बन्दै गएको चुनावले समृद्धि छायाँमा पर्ने बताएका छन्।
वैशाख १०मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ १मा उम्मेदवार बनेका उम्मेदवारी घोषणा कार्यक्रममा चुनाव खर्चिलो हुँदा लडानी उठानेतिर ध्यान जानाले समृद्धि छायाँमा पर्ने बताए।
उम्मेदवारी घोषणा कार्यक्रममा उनले नेपालमा पाँच–पाँच वर्षमा हुने कर्मकाण्डी चुनावलाई नै लोकतन्त्र भनिएको पनि बताए । उनले पुराना पार्टीहरुले टिकट किनबेच गरेको आरोप पनि लगाए।
वाग्लेले सुशासनबाट मात्रै आर्थिक फड्को मार्न सकिने उल्लेख गरे । उनले नेपालमा जनसांख्यिक लाभ रहेको देखिएको र यही अवसरमा डेलिभरीको राजनीति गर्नुपर्ने बताए।
बसुन्धरास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफूहरू छोटो अवधिमा नेपाललाई द्रुत गतिमा बनाउने महाअभियानमा लागेको बताएका हुन्।
‘आजैदेखि नयाँ महाअभियान, नेपाल बनाउने महाअभियान, छोटो अवधिमा द्रुत गतिमा नेपाल बनाउने महाअभियानमा हामी होमियौं। त्यो घोषणा म यहाँबाट गर्न चाहेँ,’ उनले भने।