Kathmandu Press

शेफिल्ड युनाइटेडलाई म्यान्चेस्टर सिटीले हरायो, चेल्सी र आर्सनलले बराबरी खेले

काठमाडौं, माघ ८ : इङ्ग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले शेफिल्ड युनाइटेडलाई हराएको छ । सिटीले शेफिल्डलाई एक–शून्यले हराएको हो।

श....

शेफिल्ड युनाइटेडलाई म्यान्चेस्टर सिटीले हरायो, चेल्सी र आर्सनलले बराबरी खेले

काठमाडौं, माघ ८ : इङ्ग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले शेफिल्ड युनाइटेडलाई हराएको छ । सिटीले शेफिल्डलाई एक–शून्यले हराएको हो।

शेफिल्ड युनाइटेडको मैदानमा भएको खेलमा ग्याब्रियल जेससले प्रहार गरेको पेनाल्टी शेफिल्डका गोलकिपरले रोकेपछि पहिलो हाफमै सिटीले अग्रता लिने मौका गुमाएको थियो । ६७औँ मिनेटमा मैदान प्रवेश गरेका अग्युरोले ७३औँ मिनेटमा केभिन डी ब्रुयनको पासलाई गोलमा परिणत गरेका थिए र त्यहि गोल नै निर्णायक गोल बन्न पुग्यो । 

जितसँगै सिटीले तालिकामा ५१ अङ्क बनाएको छ । सिटी लिभरपुलभन्दा १३ अङ्कले पछि छ भने तेस्रो स्थानको लेस्टर सिटीभन्दा ६ अङ्कले अघि छ । शेफिल्ड भने ३३ अङ्कसहित सातौँ स्थानमा छ । 

यता, चेल्सी र आर्सनलले बराबरी खेलेका छन् । लण्डन डर्बीमा चेल्सी र आर्सनलले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

२६ औ मिनेटमा डेबिड लुईस रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि आर्सनल १० खेलाडीमा सिमित बनेको थियो । खेलमा अग्रता २८ औ मिनेटमा जोर्गिन्होको पेनाल्टी गोलबाट चेल्सीले लिएको थियो । ग्याब्रियल मार्टिनेलीको गोलमार्फत आर्सनल खेलमा फर्कियो । 

ब्राजिली युवा स्टारले ६३ औ मिनेटमा गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काएका थिए । खेल सकिन ८ मिनेट अगाडी चेल्सीका कप्तान सिजर एजिपिलिकुएटाले गोल गर्दै घरेलु टोलीलाई पुनः अग्रता दिलाएका थिए ।

त्यसको तीन मिनेटपछि हेक्टर बेलरिनले डिबक्स बाहिरबाट गोल गर्दै आर्सनललाई एक अंक दिलाउन सफल रहे ।

प्रकाशित मिति: ०७:४७ बजे, बुधबार, माघ ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्