Kathmandu Press

मिटरब्याज समास्या समाधानका लागि उच्चस्तरीय आयोग बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

पीडितको गुनासो र उजुरी लिएर तत्कालै न्यायिक कारबाही गर्न सक्ने कानुनी अधिकारसहितको आयोग बनाइने बताउँदै उनले यसले आइतबारसम्म पूर्णता पाउने बताए।
मिटरब्याज समास्या समाधानका लागि उच्चस्तरीय आयोग बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं, चैत १८ : प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि न्यायिक अधिकारप्राप्त उच्चस्तरीय आयोग गठन गर्ने प्रतिबद्धता जनाएका छन्।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मिटरब्याज पीडितहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री दाहालले मिटरब्याज पीडितहरूका समस्या दीर्घकालीन समाधानका लागि न्यायिक अधिकारसहितको उच्चस्तरीय आयोग बनाउने बताएका हुन्।

पीडितको गुनासो र उजुरी लिएर तत्कालै न्यायिक कारबाही गर्न सक्ने कानुनी अधिकारसहितको आयोग बनाइने बताउँदै उनले यसले आइतबारसम्म पूर्णता पाउने बताए।

साहुकारहरूको विभिन्न सरकारी तह र राजनीतिक तहमा पनि साँठगाँठ भएकोमा आफू जानकार रहेको उल्लेख गर्दै उनले फिल्डमै गएर कारबाही गर्न सक्ने आयोग बनाइने उनले बताए ।

‘साहुकारहरूको राज्यका विभिन्न निकायमा रहेका केही व्यक्तिसँग साँठगाँठ रहेकाले आफ्नो पावर प्रयोग गरेर अत्याचार गरिरहेका छन् । तत्काल फिल्डमा गएर उच्चस्तरीय आयोग बनाएर कारबाही गर्न सक्ने आयोग बनाइन्छ,’ प्रधानमन्त्री दहालले भने, ‘त्यसलाई र्‍यापिड एक्सन फोर्सजस्तो आयोग बनाइन्छ । त्यसले सिधै मान्छेलाई बोलाउने र पुर्जी काटेर कारबाही गर्ने काम हुन्छ । खालि फिल्डमा गएर रिपोर्ट बनाउने बुझाउने मात्र काममा हुनुहुँदैन।’

प्रधानमन्त्री दहालले प्रतिवेदन बुझाउन होइन कारबाही नै गर्ने गरी आयोग गठन भएको बताउँदै यसमा पूर्वन्यायाधीश वा आयुक्त तहबाट नेतृत्व हुने बताए। आयोजमा नेपाल प्रहरीका महानिरीक्षक र महान्यायाधिवक्ता पनि सदस्य रहनेछन्।

दहालले आयोजको संरचना सबै जिल्लामा रहने पनि बताए ।

प्रकाशित मिति: १२:०४ बजे, शनिबार, चैत १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्