Kathmandu Press

मिटरब्याज पीडितलाई न्याय दिने प्रधानमन्त्रीको आश्वासन

पीडितको कुरा सुनेपछि प्रधानमन्त्री दाहालले आफ्नै कार्यकालमा मिटरब्याज पीडितको समस्या समाधान गर्ने बताए । उलने कानून बनाएर दीर्घकालीन रुपमै यसको समाधान गर्ने प्रतिबद्धता जनाए।
मिटरब्याज पीडितलाई न्याय दिने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं, चैत १८ : पैदल काडमाडौं आएर न्यायका लागि संघर्ष गरिरहेका मिटरब्याज पीडितसँग प्रधानमन्त्री पुष्पकमल दहालले भेट गरेका छन्। शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटर बोलाएर दहालले मिटरब्याज पीडितसँग भेटेका हुन्।

प्रधानमन्त्रीसँग सामूहिक भेटमा पीडितहरुले रुँदै न्याय मागेका छन्। उनीहरुले मिटरब्याजीले घरबाट निकालेपछि आफ्नै घरमा भाडामा बस्नु परेको भन्दै प्रधानमन्त्रीज्यू बाँच्ने वातावरण बनाइदिन आग्रह गरे।

पीडितको कुरा सुनेपछि प्रधानमन्त्री दाहालले आफ्नै कार्यकालमा मिटरब्याज पीडितको समस्या समाधान गर्ने बताए । उलने कानून बनाएर दीर्घकालीन रुपमै यसको समाधान गर्ने प्रतिबद्धता जनाए।

‘अब सरकारले ऐन बनाउने र कानुन बनाएर दीर्घकालीनरुपमा नै यस समस्या समाधान गर्छु,’ उनले भने पीडितसमक्ष भने। प्रधानमन्त्री दहालले गृहको टोलीसँग वार्ता गरी सहमति गरेर ढुक्क भएर घर जान पनि पीडितलाई आग्रह गरे।

प्रकाशित मिति: ११:२४ बजे, शनिबार, चैत १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्