कांग्रेसले आइतबारका लागि बोलायो कार्यसम्पादन समिति बैठक
आइतबार बिहान १० बजे बस्ने गरी कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको हो।
काठमाडाैं, चैत १८ : नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ। आइतबार बिहान १० बजे बस्ने गरी कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको हो।
बारा २ मा हुने उपनिर्वाचन र सरकारमा थप मन्त्री पठाउने विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ।
कांग्रेसले बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने तयारी गरेकोमा यसअघिको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा केही नेताहरूले असन्तुष्टि जनाएका थिए।
यस्तै, कांग्रेसले ८ मन्त्रालय पाएकोमा शुक्रबार ४ मन्त्रीलाई मात्रै शपथग्रहणमा पठाएको थियो। अब ४ मन्त्री छान्न बाँकी छ।
प्रकाशित मिति: ०९:५५ बजे, शनिबार, चैत १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











