मिटरव्याज पीडितले भेटे प्रधानमन्त्री
उनीहरु आज बिहान प्रधानमन्त्री दाहाललाई भेट्न प्रधानमन्त्री निवास पुगेका थिए। उनीहरूले मिटरब्याज पीडितलाई न्याय देऊ भन्दै नाराबाजी गर्दै प्रधानमन्त्री निवास प्रवेश गरेका थिए ।
काठमाडौं, चैत १८ : ११ दिन पैदल मार्च पास गरेर काठमाडौंमा सडकमा संघर्ष गरिरहेका मिटरब्याज पीडितले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन्। उनीहरु आज बिहान प्रधानमन्त्री दाहाललाई भेट्न प्रधानमन्त्री निवास पुगेका थिए।
उनीहरूले मिटरब्याज पीडितलाई न्याय देऊ भन्दै नाराबाजी गर्दै प्रधानमन्त्री निवास प्रवेश गरेका थिए ।
सरकारले मिटरब्याज पीडितसँग वार्ता गर्नका लागि समिति बनाएको छ । शुक्रबार गृहमन्त्रालयमा भएको वार्ता सहमति नजिक पुगेको छ ।
पुनः वार्ता गरेर सहमति गर्ने तय भए पनि आज दिउँसोसम्मका लागि भने वार्ता स्थगित गरिएको छ । प्रधानमन्त्रीले पीडितलाई भेट्ने समय तय भएकोले त्यसपछि मात्रै अर्को चरणको वार्ताको टुंगो हुने लाग्नेछ।
प्रकाशित मिति: ०९:४३ बजे, शनिबार, चैत १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











