धेरै ठाउँमा वर्षाको सम्भावना, पहाडी क्षेत्रमा हिमपात हुने
शनिबार बिहानैदेखि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा, कोशी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षा भइरहेको छ।
काठमाडौं, चैत १८ : मौसम सामान्यदेखि पूर्णरुपमा बदली भएकाले देशका अधिकांश स्थानमा आज वर्षाको सम्भावना छ।
शनिबार बिहानैदेखि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा, कोशी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षा भइरहेको छ।
आज दिउँसो पनि कोशी प्रदेश, बागमती प्रदेश तथा गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्गर हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपात पनि हुने मौसम पूर्वानुमान माशाखाले जनाएको छ ।
आइतबार मौसममा केही सुधार हुने देखिएको छ । कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ।
प्रकाशित मिति: ०८:०१ बजे, शनिबार, चैत १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार