Kathmandu Press

भूकम्पबाट प्रभावित टर्कीका लागि एक चौथाइ सहायता रकम जुट्यो

जेनेभामा संयुक्त राष्ट्रसंघीय मानवीय सहायता निकायका प्रवक्ता जेन्स लार्कले आपतकालीन अवस्थाको प्रारम्भिक चरण समाप्त भएको बताए।
भूकम्पबाट प्रभावित टर्कीका लागि एक चौथाइ सहायता रकम जुट्यो

जेनेभा, चैत १८ : टर्कीमा ५५ हजारभन्दा बढी मानिसको ज्यान जाने गरी गएको भूकम्पपछि संयुक्त राष्ट्रसंघले राहत कार्यका लागि आवश्यक पर्ने रकमको एक चौथाइ रकम जुटाइसकेको जनाएको छ।

टर्कीमा राहतका लागि एक अर्ब अमेरिकी डलर सहयोग गर्ने लक्ष्य संयुक्त राष्ट्रसघले राखेको छ।

गत फेब्रुअरी ६ मा गएको ७.८ म्याग्निच्यूडको भूकम्प र त्यसपछिका पराकम्पनहरूले दक्षिणपूर्वी टर्की र युद्धग्रस्त सिरियाका केही भागलाई तहसनहस पारेको थियो।

Hardik ivf

त्यसपछि संयुक्त राष्ट्रसंघले जारी गरेको एक अर्ब अमेरिकी डलर जम्मा गर्न गरेको अपिलअनुसार दाताहरूले हालसम्म २६ करोड ८० लाख अमेरिकी डलर सहयोग गरिसकेका छन्। जेनेभामा संयुक्त राष्ट्रसंघीय मानवीय सहायता निकायका प्रवक्ता जेन्स लार्कले आपतकालीन अवस्थाको प्रारम्भिक चरण समाप्त भएको बताए।

अब हामी मानवीय आपतकालीन चरणमा संलग्न हुने बताउँदै उनले बाँचेकाहरूलाई के चाहिन्छ भनेर हेर्ने बताए।

गत फेब्रुअरी १६ मा संयुक्त राष्ट्रसंघले टर्कीमा भूकम्पपछिको पहिलो तीन महिनामा ५० लाखभन्दा बढी मानिसलाई सहयोग गर्न एक अर्ब अमेरिकी डलरको अपिल गरेको थियो।

संयुक्त राज्य अमेरिका, कुवेत, युरोपेली आयोग, संयुक्त राष्ट्रसघको आपतकालीन कोष सीईआरएफ र साउदी अरब हाल शीर्ष पाँच दाताहरू हुन्।

लार्कका अनुसार संयुक्त राष्ट्रसंघ र अन्य मानवीय निकायले ४१ लाखभन्दा बढी मानिसलाई आधारभूत घरायसी सामग्री र लत्ताकपडा उपलब्ध गराएका छन् । तीमध्ये करिब ३० लाखलाई आपतकालीन खाद्य सहायता प्रदान गरिएको छ र १.६ मिलियनले पानी, सरसफाइ र स्वच्छता सहायता प्राप्त गरेका छन्।

ईयूले यसै महिनाको सुरुमा ब्रसेल्समा पुनर्निर्माणका लागि रकम सङ्कलन गर्न एक सम्मेलनको आयोजना गरेको थियो।

दाताहरूले टर्की र सिरियाको पुनः स्थापनामा सहयोग गर्न सात अर्ब युरोको वचन दिएका छन्, यद्यपि अकाराले पुनर्निर्माणको लागि १० गुणा भन्दा बढीको बिल निर्धारण गरेको छ।

संयुक्त राष्ट्रसघले सिरियालाई पहिलो तीन महिनामा पीडितलाई सहयोग गर्न आग्रह गरेको छ, जसले अनुरोध गरिएको ३९ करोड ८० लाख अमेरिकी डलरमध्ये ३६ करोड ४० लाख अमेरिकी डलर जुटाइसकेको छ।

टर्कीबाट उत्तरी सिरियामा हालसम्म एक हजार १७७ संयुक्त राष्ट्रसंघीय राहत ट्रक भित्रिएका छन्।

प्रकाशित मिति: ०७:३३ बजे, शनिबार, चैत १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्