Kathmandu Press

कस्तुरी बन्यो उत्कृष्ट लघु चलचित्र

कस्तुरी बन्यो उत्कृष्ट लघु चलचित्र

काठमाडौं, चैत १८ : नेपाली सेनाले आयोजना गरेको ‘लघु चलचित्र प्रतियोगिता–२०७९’मा  ‘कस्तुरी’ उत्कृष्ट भएको छ। नवीन दाहालले निर्देशन गरेको उक्त चलचित्रले दुई लाख रुपैयाँ प्राप्त गरेको छ ।

प्रतियोगितामा लघु चलचित्र ‘सहिदको श्रीमती’ दास्रो भयो । उसले एक लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ। यस्तै, तेस्रो हुँदै  ‘आर्मी नेभर अफ डिउटी’ले ५० हजार रुपैयाँ प्राप्त गरेको छ।

लघु चलचित्र ‘एक संकल्प’ र ‘सेनाको सन्तति’ ले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्।

प्रतियोगितामा उत्कृष्ट भएका चलचित्रलाई आज आर्मी अफिसर्स क्लबमा आयोजित कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले नगद तथा सम्मानपत्र प्रादन गरे।

सो अवसरमा लघुचलचित्र मूल्याङ्कनमा संलग्न लगायतका व्यक्तित्वलाई पनि कदरपत्रद्वारा सम्मान गरिएको थियो । त्यस्तै ‘सिपाही वार्षिक र द शिवपुरी जर्नल’ का उत्कृष्ट लेखकलाई पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित मिति: ०७:५५ बजे, शनिबार, चैत १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्