Kathmandu Press

टाटासुमो दुर्घटनामा २ जनाकाृे मृत्यु, ११ जना घाइते

सो दुर्घटनामा स्थानीय २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीया मनमाया तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
टाटासुमो दुर्घटनामा २ जनाकाृे मृत्यु, ११ जना घाइते

नुवाकोट, चैत १७ : नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा आज टाटासुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको छ।

बेतिनीबाट यात्रु लिएर काठमाडौं जान लागेको सुमो सानोगोल्फूको धारापानीको ओरालोमा अनियन्त्रित भइ दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

सो दुर्घटनामा स्थानीय २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीया मनमाया तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

ना १ ज ३९८४ नं को सुमो बेतिनीबाट काठमाडौँ जाने क्रममा धारपानीको ओरालोमा अनियन्त्रित भएर करीब ३०० मिटर तल खसेको थियो। दुर्घटनामा घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको खड्काले बताए । घाइतेलाई थप उपचारको लागि काठमाडौँ पठाइएको उनले बताए।

प्रकाशित मिति: २१:०४ बजे, शुक्रबार, चैत १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्