धादिङ ट्रक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुग्यो
काठमाडौं, माघ ८ : धादिङको निलकण्ठ नगरपालिका ८, ससाह ज्यामिरेमा भएको ट्रक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ भने मृतक सबैको परिचय पनि खु....

काठमाडौं, माघ ८ : धादिङको निलकण्ठ नगरपालिका ८, ससाह ज्यामिरेमा भएको ट्रक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ भने मृतक सबैको परिचय पनि खुलेको छ ।
दुर्घटनामा तीन जनाको घटनास्थलमै र ४ जनाको जिल्ला अस्पतालमा ल्याउँदै गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनायो । ज्यान गुमाउनेहरुमा नीलकण्ठ नगरपालिका २, भुलभुलेका तिलकबहादुर गुरुङ, पूर्णमान श्रेष्ठ, प्रेमबहादुर गुरुङ, बिदुर गुरुङ, बलबहादुर गुरुङ, सेते गुरुङ, ध्वजबहादुर गुरुङ रहेका छन् ।
दुर्घटनामा घाइते भएका ३२ जनामध्ये १० जनालाई हेलिकप्टरबाट र ६ जनालाई एम्बुलेन्सबाट काठमाडौं ल्याईएको छ । धादिङको ज्वालामुखी गाउँपालिका ४, ढोलामण्डलीको दर्शन गरेर फर्किँदै गरेका यात्रु बोकेको ग १ ख ८०१२ नम्बरको ट्रक दुर्घटना भएको थियो ।
घाइते भएकामध्ये बाँकी सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।











