Kathmandu Press

घनश्यामको ‘चित्रा’ मार्फत सन्तोषको डेब्यु 

घनश्यामको ‘चित्रा’ मार्फत सन्तोषको डेब्यु 

काठमाडौं, चैत १७ : फिल्म ‘चित्रा’ निर्माणको घोषणा गरिएको छ।

फिल्मलाई पञ्चेवाजा फेम्ड निर्देशक धनश्याम लामिछानेले निर्देशन गर्नेछन्। फिल्मको छाँयाकन भदौबाट सुरु हुने बताइएको छ।

पारिवारिक कथामा निर्माण हुने यही फिल्मबाट सन्तोष अधिकारीले डेब्यू गर्ने छन्। फिल्ममा उनी मूख्य भूमिका हुनेछन्। उनीसँगै फिल्ममा अर्पण थापा पनि हुनेछन्।

फिल्मले मध्यम वर्गीय बाबु र छोरीको कथा प्रस्तुत गर्ने निर्देशन लामिछानेले बताए । लामिछाने निर्देशनमा निर्माण भएको सिनेमा ‘लण्डन टु पेरिस’ प्रदर्शनको तयारीमा छ। यो सिनेमाको प्रदर्शन पश्चात ‘चित्रा’ फ्लोरमा जाने तयारी भइरहेको छ।

उनले ‘धौली, पञ्चेबाजा, अग्निदहन’ लगायतका सिनेमा निर्देशन गरिसकेका छन् । ‘चित्रा’ एसाप इन्टरटेनमेन्टको प्रस्तुतिमा सन्तोष अधिकारी फिल्मस्को ब्यानरमा निर्माण हुनेछ । भावना पन्तको लगानी रहने सिनेमाको कथा अजय अधिकारीले तयार पारेका हुन् ।

अजयको कथालाई अहिले मनिष गौतमले पटकथा तथा संवादमा ढालिरहेका छन् । सिनेमामा कथाकार अधिकारीको गीत रचना र सुरेश राईको संगीत रहनेछ ।

निर्माता अधिकारीले केही समय अगाडि ‘डलर एयुडी’ नामक सिनेमाको पनि निर्माण घोषणा गरेका थिए । त्यो सिनेमा पनि चाँडै फ्लोमा जाने तयारीमा रहेको अधिकारी बताउँछन् । उनले निर्माण गरेको सिनेमा ‘तीन जन्तु’ प्रदर्शनको तयारीमा छ ।

प्रकाशित मिति: १८:१५ बजे, शुक्रबार, चैत १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्