Kathmandu Press

कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

सुर्खेत, चैत १७ : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रोपटक प्रदेशसभामा विश्वासको मत गरेका छन।

शुक्रबार बसेको प्रदेशसभा बैठकमा भएको मतबिभाजनका क्रममा मुख्यमन्त्री शर्माको पक्षमा ३८ मत परेको थियो भने बिपक्षमा १ मत परेको थियो ।

शर्मालाई राप्रपा बाहेकका सवै दलका सांसदले विश्वासको मत दिएका थिए । शर्माको पक्षमा ३८ मत परेपछि कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले विश्वासको मत प्राप्त भएको घोषणा गरे।

प्रदेश सभामा राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिएका हुन।

प्रकाशित मिति: १७:५६ बजे, शुक्रबार, चैत १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्