सुराकी खर्च खारेजसहित दुईवटा प्रस्ताव मन्त्रिपरिषदमा लगिने
हाल सुराकीको नाममा गृहमन्त्रीले खर्च गर्न पाउने व्यवस्था छ। अब भने यो खारेज हुने भएको छ। सुराकी परिचालन गर्ने नाममा गृहमन्त्रीले ठूलो रकम खर्च गर्न पाउने व्यवस्थाको आलोचना समेत भइरहेको थियो।
काठमाडौं, चैत १७ : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पदबहाली भएलगत्तै सुराकीको नाममा लिँदै आएको खर्च खारेज गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेका छन्।
हाल सुराकीको नाममा गृहमन्त्रीले खर्च गर्न पाउने व्यवस्था छ। अब भने यो खारेज हुने भएको छ। सुराकी परिचालन गर्ने नाममा गृहमन्त्रीले ठूलो रकम खर्च गर्न पाउने व्यवस्थाको आलोचना समेत भइरहेको थियो।
यो निर्णयसहित मिटरब्याजी समस्या समाधान गर्न आयोग गठन गर्ने प्रस्ताव पनि मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेका छन्। मिजरब्याजी समस्या समाधान गर्न अधिकार सम्पन्न आयोग गठन गरिने भएको छ।
प्रकाशित मिति: १७:५३ बजे, शुक्रबार, चैत १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार