Kathmandu Press

कर्णाली प्रदेश : एमालेले मुख्यमन्त्रीलाई विश्वासको मत दिने

कर्णाली प्रदेश : एमालेले मुख्यमन्त्रीलाई विश्वासको मत दिने

सुर्खेत, चैत १७ : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई नेकपा (एमाले) ले विश्वासको मत दिने भएको छ । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठकमा भाग लिँदै एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्रीले राखेको प्रस्तावको पक्षमा मत दिने बताएका हुन।

एमाले अहिले सत्तापक्षको बेन्चमा छ । उनले भने, 'जुन आसनमा हामी छौँ, त्यहीअनुसार हामी पक्षमा मत दिन्छौँ, आफैँले बनाएको सरकारलाई समर्थन नगर्ने कुरै भएन,' उनले भने । 

नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले छलफलमा भाग लिँदै मुख्यमन्त्री शर्मालाई आवश्यक भएको अवस्थामा मात्रै मत दिन सकिने बताए । आजै विश्वासको मत विभाजन हुने भए पनि नेता शाहीले मत दिने वा नदिने प्रष्ट पारेनन। उनले भने, 'अप्ठेरो परेमा विश्वासको मत दिनेबारे सोच्छौँ ।'

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन फिर्ता लिएपछि कर्णालीका मुख्यमन्त्री शर्माले नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम आफूलाई प्रदेशसभाको विश्वास छ भन्ने कुरा प्रष्ट पार्न प्रस्ताव गरेका हुन। अहिले सदन चलिरहेको छ ।

प्रकाशित मिति: १७:४५ बजे, शुक्रबार, चैत १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्