Kathmandu Press

सञ्चार क्षेत्रलाई प्रभावकारी बनाउन तीन तहका सरकारबीच समन्वय आवश्यक : सचिव राउत

सञ्चार मन्त्रालयमा आज पदबहाली गर्दै सचिव राउतले सञ्चार क्षेत्रले मुलुकको आर्थिक विकास, उत्पादन क्षेत्र र सेवा प्रवाहलाई जोड्नुपर्ने बताए। 
सञ्चार क्षेत्रलाई प्रभावकारी बनाउन तीन तहका सरकारबीच समन्वय आवश्यक : सचिव राउत

काठमाडाैं, चैत १७ : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले समाजको सबै क्षेत्रमा प्रभाव पार्ने सञ्चार क्षेत्रले सरकारको वार्षिक नीति तथा कार्यक्रमका साथै बजेट निर्माणमा सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

सञ्चार मन्त्रालयमा आज पदबहाली गर्दै सचिव राउतले सञ्चार क्षेत्रले मुलुकको आर्थिक विकास, उत्पादन क्षेत्र र सेवा प्रवाहलाई जोड्नुपर्ने बताए। 

प्रदेश सरकारको सञ्चार ऐन निर्माणका क्रममा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै उनले सञ्चार क्षेत्रलाई थप प्रभावकारी बनाउन तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिए।

तीव्ररूपमा भइरहेको प्रविधिको विकासले सञ्चार क्षेत्रमा थप चुनौती र अवसर देखापरेको उल्लेख गर्दै उनले मन्त्रालय मातहतका जिम्मेवार सबै निकायको सहयोग र सहकार्यबाट समस्या समाधान गर्न सकिने धारणा व्यक्त गरे।
 
सचिव राउतले समाजमा बढ्दो साइवर अपराधलाई न्यूनीकरण तथा नियन्त्रण गर्नुपर्नेमा जोड दिए। 'समग्र समाजलाई गतिशील र चलायमान बनाउने सूचना प्रविधिको क्षेत्रलाई विस्तार गर्नुपर्छ,' उनले भने।

प्रकाशित मिति: १७:१० बजे, शुक्रबार, चैत १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्