Kathmandu Press

कार्यभार सम्हाल्दै अर्थमन्त्री डा. महतले भने- अर्थतन्त्रको आत्मविश्वास बढाउने दिशामा काम गर्छु

आज अर्थमन्त्रीमा नियुक्त उनले आजै अर्थ मन्त्रालय पदभार ग्रहण गरेका हुन्। त्यसक्रममा पत्रकारहरुसँग कुराकानी गर्दै उनले संकटन्मुख अर्थतन्त्रलाई गति दिने दिशामा काम गर्ने बताए।
कार्यभार सम्हाल्दै अर्थमन्त्री डा. महतले भने- अर्थतन्त्रको आत्मविश्वास बढाउने दिशामा काम गर्छु

काठमाडौं, चैत १७ : नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थ मन्त्रालयको जिम्मेवारी समालेका छन्।

आज अर्थमन्त्रीमा नियुक्त उनले आजै अर्थ मन्त्रालय पदभार ग्रहण गरेका हुन्। त्यसक्रममा पत्रकारहरुसँग कुराकानी गर्दै उनले संकटन्मुख अर्थतन्त्रलाई गति दिने दिशामा काम गर्ने बताए।

सबै सरोकारवालाहरुको सहयोग लिदै अगाडि बढ्ने र खर्च कटौती गर्ने दिशामा काम गर्ने उनकाे भनाइ थियाे। मुख्यगरी निजी क्षेत्रको मनोबल बढाउने दिशामा काम गर्ने डा. महतले बताए।

रेमिट्यान्समा आधारित अर्थतन्त्रलाई उत्पादनमा आधारित अर्थतन्त्रको जग निर्माणका लागि अर्थ मन्त्रालयले भूमिका खेल्ने उनले संकेत गरे।

'अहिले हाम्रो साधारण खर्च बढी छ। पुँजीगत खर्च हामी गर्न सकेका छनौं। राजस्वभन्दा बढी साधारण खर्च छ। अर्थतन्त्रको समर्ग मागमा कमी आएको छ। विभिन्न क्षेत्रमा लगानी शिथिल भएको छु,' उनले भने। 

विभिन्न अन्तर्राष्ट्रिय आर्थिक घट्नाक्रम, कोभिड १९ र त्यसभन्दा अगाडी गएको भुकम्पको संचिति असर नेपाली अर्थतन्त्रमा रहेकाले  थप संवेदनशिल भएर अगाडी बढ्नुपर्ने अवस्था रहेको डा. महतले बताए।

प्रकाशित मिति: १६:५२ बजे, शुक्रबार, चैत १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्