चितवन २ मा एमालेबाट रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउन सिफारिस
आज (शुक्रबार) बसेको जिल्ला कमिटी बैठकले न्यौपानेलाई उम्मेदवार बनाउन केन्द्रमा सिफारिस गरेको हो। उनी एमाले चितवन जिल्ला कमिटीका अध्यक्ष हुन्।
चितवन, चैत १७ : आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि चितवन २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउन सिफारिस गरिएको छ।
आज (शुक्रबार) बसेको जिल्ला कमिटी बैठकले न्यौपानेलाई उम्मेदवार बनाउन केन्द्रमा सिफारिस गरेको हो। उनी एमाले चितवन जिल्ला कमिटीका अध्यक्ष हुन्।
यसअघि चितवन ३ मा उम्मेदवारका लागि सिफारिसमा परे पनि पार्टीले स्वतन्त्र उम्मेदवार दिनेश कोइरालालाई समर्थन गर्ने भएपछि उनले चुनाव लड्न पाएनन्।
एमाले विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध भएर २०५३ सालदेखि नै पूर्णकालीन बनेका न्यौपाने २०५७ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य र नारायणी अञ्चल इन्चार्ज भएका थिए। उनी २०७८ पुसमा एमालेको चितवन जिल्ला अध्यक्ष भएका हुन्।
प्रकाशित मिति: १६:३३ बजे, शुक्रबार, चैत १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











