नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेसँगै मन्त्रीहरुले शपथ लिएका हुन्।
काठमाडौं, चैत १७ : नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेसँगै मन्त्रीहरुले शपथ लिएका हुन्।
राष्ट्रपति भवन शीतलनिवासमा आज (शुक्रबार) आयोजित एक समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएका हुन्।
कांग्रेसका पूर्णबहादुर खड्काले उपप्रधानसहित रक्षा, नेकपा एकीकृत समाजवादीका डा. वेदुराम भुसालले कृषि तथा पशुपन्छी, जसपाका अशोक राई शिक्षा, लोसपाका शरदसिंह भण्डारी श्रम तथा रोजगार, कांग्रेसका डा. प्रकाशसरण महत अर्थ, नेसपाका महिन्द्र राय यादवले महिला बालबालिका मन्त्रीका रुपमा शपथ लिए।
त्यसैगरी माओवादीका नारायणकाजी श्रेष्ठले उपप्रधानसहित गृहमन्त्री, शक्ति बस्नेतले ऊर्जा तथा जलश्रोत, नेकपा एसका प्रकाश ज्वालाले भौतिक, नागरिक उन्मुक्तिका रञ्जिता श्रेष्ठले भूमि व्यवस्था, कांग्रेसका रमेश रिजालले उद्योग र कांग्रेसकै सीता गुरुङले सहरी विकासको रुपमा शपथ लिएका छन्।
सातौंपटक मन्त्रिपरिषद् विस्तार भए पनि सरकारले भने पूर्णता पाउन सकेको छैन।















