Kathmandu Press

खानेपानीमन्त्री अब्दुल खानले दिए पदबाट राजीनामा

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाएपछि जनमत पार्टीकाे निर्देशनमा उनले राजीनामा दिएका हुन्।
खानेपानीमन्त्री अब्दुल खानले दिए पदबाट राजीनामा
सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई राजीनामा बुझाउँदै खानेपनी मन्त्री अब्दुल खान ! तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, चैत १७ : खानेपानीमन्त्री अब्दुल खानले पदबाट राजीनामा दिएका छन्।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाएपछि जनमत पार्टीकाे निर्देशनमा उनले राजीनामा दिएका हुन्।

खानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा गरेका छन्। जनमतले एउटा मात्र मन्त्रालय पाउने हो भने उद्योग नै पाउनुपर्ने र त्यो नपाए दुई मन्त्रालय दिनुपर्ने माग राख्दै आएको थियो।

प्रकाशित मिति: १५:०३ बजे, शुक्रबार, चैत १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्