Kathmandu Press

नाउपा अध्यक्ष रञ्जिता सरकारमा जाने

बुधबार भएको सहमतिअनुसार नाउपालाई एउटा मन्त्रालय परेको थियो भने बिहीबार गरिएको सहमतिअनुसार सो पार्टीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय भागमा परेको छ।
नाउपा अध्यक्ष रञ्जिता सरकारमा जाने

काठमाडौं, चैत १७ : नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई मन्त्री बनाउने भएको छ।

बुधबार भएको सहमतिअनुसार नाउपालाई एउटा मन्त्रालय परेको थियो भने बिहीबार गरिएको सहमतिअनुसार सो पार्टीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय भागमा परेको छ।

सोहीबमोजिम नाउपाले अध्यक्ष रञ्जितालाई सरकारमा पठाउन लागेको स्रोतको भनाइ छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (शुक्रबार) अपराह्न मन्त्रिपरिषद विस्तार गर्ने तयारीम छन्। त्यसलगत्तै मन्त्रीहरुको शपथ ग्हण हुने बताइएको छ।

प्रकाशित मिति: १२:४४ बजे, शुक्रबार, चैत १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्