Kathmandu Press

श्रम स्वीकृति आवेदन स्थानीय तहबाट दिन पाइने 

व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको आवेदन स्थानिय तहबाट दिन पाइने व्यवस्था गर्न थालिएको हो।
श्रम स्वीकृति आवेदन स्थानीय तहबाट दिन पाइने 

काठमाडौं, चैत १७ : वैदेशिक रोजगारीमा जाने श्रमिकले आगामी वैशाखदेखि स्थानीय तहबाट श्रम स्वीकृतिको आवेदन दिन पाउने भएका छन्।

व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको आवेदन स्थानिय तहबाट दिन पाइने व्यवस्था गर्न थालिएको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैशाख १ गतेदेखि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि स्थानीय तहका रोजगार सेवा केन्द्रबाट नै आवेदन दिन सकिने निर्णय गरेको हो।

श्रम स्वीकृतका लागि अनलाइन आवेदन भर्न केन्द्रले सहजीकरण गर्ने छ। अहिले घरबाटै श्रम स्विकृतिको आवेदन दिन पाइने प्रवन्ध भए पनि श्रमिकलाई कठिनाई हुँदै आएको छ। 

मन्त्रालयको निर्णयबाट आफैं अनलाइन फाराम भर्न नसक्नेलाई सहज हुने मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ७५३ वटै स्थानीय तहबाट यस्तो सेवा उपलब्ध हुने छ।

मन्त्रालयले चैत १६ गते एक विज्ञप्ति जारी गर्दै स्थानीय तहबाट श्रम स्वीकृतिको आवेदन दिन पाउने जनाएको छ। 

337219846_1581838035635516_821203797584882916_n1680245594.jpg

प्रकाशित मिति: १२:३६ बजे, शुक्रबार, चैत १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्