रास्वपाले सार्वजनिक गर्यो उम्मेदवारको प्रारम्भिक सूची
रास्वपाले बिहीबार चितवन क्षेत्र नं. २, तनहुँ क्षेत्र नं. १ र बारा क्षेत्र नं २ मा हुन लागेको उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न पार्टीको विधानको धारा ७१ बमोजिम प्रारम्भिक सूची सार्वजनिक गरेको हो।
काठमाडौं, चैत १७ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरेको छ।
रास्वपाले बिहीबार चितवन क्षेत्र नं. २, तनहुँ क्षेत्र नं. १ र बारा क्षेत्र नं २ मा हुन लागेको उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न पार्टीको विधानको धारा ७१ बमोजिम प्रारम्भिक सूची सार्वजनिक गरेको हो।
रास्वपाले चितवन क्षेत्र नं. २ मा रवि लामिछाने, तनहुँ क्षेत्र नं. १ मा डा स्वर्णिम वाग्ले, ईश्वर लामिछाने र डा. रुपक विक घिमिरे तथा बारा क्षेत्र नं. २ मा रमेश खरेल र युवराज न्यौपानेको नाम सार्वजनिक गरेको पार्टीका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए।
पार्टीले प्रारम्भिक उम्मेदवारी उपरको दाबी विरोध गर्ने समय आज दिउँसो ११ बजेसम्मका लागि तय गरेको प्रवक्ता डा. ढकालले बताए।
प्रकाशित मिति: १२:१६ बजे, शुक्रबार, चैत १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार