Kathmandu Press

शीतलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट

मन्त्रिपरिषद्को विस्तार गर्न लागेका प्रधानमन्त्री दाहाल शुक्रबार बिहान राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।
शीतलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट

काठमाडौं, चैत १७ : मन्त्रिमण्डल विस्तारको पूर्वसन्ध्यामा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच छलफल भएको छ।

मन्त्रिपरिषद्को विस्तार गर्न लागेका प्रधानमन्त्री दाहाल आज बिहान राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् । भेटवार्ता नियमित रहेको जनाएको छ ।

राष्ट्रपतिसँगको भेटवार्तामा मन्त्रिपरिषद् विस्तारलगायत विषयमा पनि कुराकानी भएको थियो । राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री दाहाल करिब २० मिनेट भेट गरेर उनी राष्ट्रपति कार्यालयबाट बाहिरिएका थिए।

आज अपरान्ह ३ बजेसम्म मन्त्रिपरिषद बिस्तार गर्ने तयारीमा प्रधानमन्त्री दाहाल छन् । त्यसपछि राष्ट्रपति पौडेलको उपस्थितिमा मन्त्रीहरू र राज्यमन्त्रीलाई प्रधानमन्त्रीले शपथ खुवाइने छन्।

 

प्रकाशित मिति: १२:०६ बजे, शुक्रबार, चैत १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्