पलासेमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
शुक्रबार बिहान ९ बजे भएको दुर्घटनामा प्रदेश ३–०२–०१० प ६८९० नम्बरको मोटरसाइकल चालक सूर्यविनायक–९ महतगाउँ बस्ने २४ वर्षीय निश्चल महतको मृत्यु भएको प्रहरीले जनाएको छ।
भक्तपुर, चैत १७ : भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलासे चोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
शुक्रबार बिहान ९ बजे भएको दुर्घटनामा प्रदेश ३–०२–०१० प ६८९० नम्बरको मोटरसाइकल चालक सूर्यविनायक–९ महतगाउँ बस्ने २४ वर्षीय निश्चल महतको मृत्यु भएको प्रहरीले जनाएको छ।
जगातीबाट साँगातर्फ जाँदै गरेको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर गम्भिर घाइते भएका महतको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
उनलाई सुरुमा सूर्यविनायक नगर अस्पताल लगिएको थियो, त्यसपछि मध्यपुर अस्पताल लगिएको थियो ।
प्रकाशित मिति: ११:२४ बजे, शुक्रबार, चैत १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार