Kathmandu Press

विष्णु पौडेल भन्छन्– भीम रावालले गाली मात्र गर्नुभयो, कर्तव्य पालना गर्नुभएन

रावलले कहिले पत्रकार सम्मेलन गरेर र कहिले अधुरा सूचनाका आधारमा क्रियाप्रतिक्रियामा ओर्लिएर पटक–पटक गल्ती गरेको उनले बताए।
विष्णु पौडेल भन्छन्– भीम रावालले गाली मात्र गर्नुभयो, कर्तव्य पालना गर्नुभएन

कैलाली, चैत १७ : एमाले उपाध्यक्ष विष्णु पौडेलले नेता भीम रावलले कर्तव्य पालना नगरी गाली मात्र गरेको बताएका छन् ।

धनगढीमा पत्रकार सम्मेलनमा बोल्दै पौडेलले रावलले पार्टीलाई कमजोर बनाउने गतिविधि गरेको र पार्टी अनुशासन पालना नगरेको बताए।

‘भीम रावल जीले पार्टीको अनुशासनको दृष्टिकोणले, पार्टीको एउटा जिम्मेवार सदस्यले पालना गर्नुपर्ने कर्तव्यको दृष्टिकोणले, उहाँले पार्टी सदस्यको कर्तव्य पालना गर्नु भएको छैन,’ उनले भने, ‘उहाँले पार्टीको निर्णयको विरुद्धमा सार्वजनिक रुपमा बोल्नु भएको छ । पार्टीलाई कमजोर पार्ने गतिविधि गरिरहनु भएको छ।’

रावलले कहिले पत्रकार सम्मेलन गरेर र कहिले अधुरा सूचनाका आधारमा क्रियाप्रतिक्रियामा ओर्लिएर पटक–पटक गल्ती गरेको उनले बताए।

प्रकाशित मिति: १०:४९ बजे, शुक्रबार, चैत १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्