Kathmandu Press

के छ सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रममा ? (पुर्णपाठ) 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र आम जनता पार्टी गरी १० दलले सरकारको प्राथमिकताको काम उल्लेख गरेर न्यूनतम साझा कार्यक्रममा सहमती जनाएको छ। 
के छ सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रममा ? (पुर्णपाठ) 

काठमाडौं, चैत १७ : प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम तयार भएको छ । सत्ता गठबन्धनको न्यूनतम कार्यक्रममा संक्रमणकालीन न्यायदेखि जनतालाई राहतका कार्यक्रम ल्याउनेसम्म छन्। 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र आम जनता पार्टी गरी १० दलले सरकारको प्राथमिकताको काम उल्लेख गरेर न्यूनतम साझा कार्यक्रममा सहमती जनाएको छ। 

न्यूनतम साझा कार्यक्रममा २ वर्षभित्र संक्रमणकालीन न्यायसम्बन्धी काम सक्ने भनिएको छ। सरकारी सेवा लिन लाग्ने समय एक तिहाईले घटाउने दाबी गरिएको छ। कृषि व्यवस्था गरी जोखिमलाई न्यूनीकरण गर्ने र प्राविधिक शिक्षा, सिंचाइ, कृषि बजार र कृषि खरीदको सुनिश्चितालगायतको व्यवस्था गर्ने कार्यक्रमा भनिएको छ। 

यस्तै गुणस्तरीय सेवा प्रवाह, सुशासन र सदाचारको प्रत्याभूति हुने गरी शासकीय सुधार गर्ने, भ्रष्टाचारको छानबिन र कारबाहीका लागि अग्रसरता लिने, विस्तृत शान्ति सम्झौताका बाँकी कार्यभार तथा विभिन्न पक्षसँग भएका सहमतिहरु कार्यान्वयन गर्ने, उत्पादनमुखी अर्थतन्त्र, आपूर्ति व्यवस्थामा सुधार तथा समन्यायिक वितरणको व्यवस्था गर्ने विषय पनि संयुक्त सरकारका प्राथमिकता र साझा कार्यक्रममा समेटिएका छन् ।

प्रकाशित मिति: ०८:०७ बजे, शुक्रबार, चैत १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्