Kathmandu Press

पीडितलाई न्याय हुने गरी काम गर्नुपर्छ : अध्यक्ष ओली

उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउँदा पीडितलाई अन्याय हुने गरी नभई न्याय हुने गरी काम गर्नुपर्ने बताए।
पीडितलाई न्याय हुने गरी काम गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं, चैत १६ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउँदा पीडितलाई न्याय हुने गरी काम गर्नुपर्ने  बताएका छन्।

रिपोटर्स क्लब नेपालले आयोजना गरेको अन्तरक्रियामा उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउँदा पीडितलाई अन्याय हुने गरी नभई न्याय हुने गरी काम गर्नुपर्ने बताए।

‘उपयुक्त ढङ्गले अन्तर्राष्ट्रिय मूल्य–मान्यता, सर्वोच्च अदालतको फैसला र पीडितले न्याय पाउने सुनिश्चिताको आधारमा शान्ति प्रक्रिया टुङ्ग्याउनुपर्छ’, अध्यक्ष ओलीले भने। सङ्क्रमणकालीन न्याय पीडितलाई उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो।

प्रकाशित मिति: २१:०० बजे, बिहीबार, चैत १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्