अर्थशास्त्री वाग्ले घण्टी चुनाव चिह्नबाट उपनिर्वाचनमा उम्मेदवार बन्ने

काठमाडाैं, चैत १६ : नेपाली कांग्रेस परित्याग गरेका अर्थशास्त्री स्वर्णिम वाग्ले घण्टी चुनाव चिह्न लिएर उपनिर्वाचनमा उम्मेदवार बन्ने भएका छन। बिहीबारमात्रै कांग्रेस छोडेका वाग्ले रास्वपाको उम्मेदवारका रूपमा प्रतिनिधिसभा सदस्यमा तनहुँ- १ बाट चुनाव लड्ने भएका हुन।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालका अनुसार वाग्लेले साधारण सदस्य बनेर चुनाव लड्नेछन।
तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि त्यहाँ उपनिर्वाचन हुँदैछ ।
प्रकाशित मिति: १७:४४ बजे, बिहीबार, चैत १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











