एकै दिन ४२ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या १२३
३०० जनाको पिसिआर परीक्षण गर्दा ३७ जना र ६१५ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जना गरी ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
काठमाडौं, चैत १६ : पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
३०० जनाको पिसिआर परीक्षण गर्दा ३७ जना र ६१५ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जना गरी ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
सोही अवधिमा १७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। हाल देशभर १२३ जना कोरोनाको सक्रिय संक्रमित रहेको मन्त्रालयको भनाइ छ।
प्रकाशित मिति: १७:०१ बजे, बिहीबार, चैत १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार