Kathmandu Press

७ केजी ८ सय ग्राम कोकिनसहित दुई भारतीय महिला पक्राउ

ब्युरोले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँ दिल्ली लैजान लागेको अवस्थामा कोकिन सहित एक भारतीय महिला र काठमाडौंको ठमेलस्थित एक होटलबाट अर्का एक भारतीय महिलालाई पक्राउ गरिएको जनाएको हो।
७ केजी ८ सय ग्राम कोकिनसहित दुई भारतीय महिला पक्राउ

काठमाडौं, चैत १६ : नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरोले ७ केजी ८ सय ८७ ग्राम लागूऔषध कोकिन सहित दुई जना भारतीय महिलालाई पक्राउ गरेको छ।

ब्युरोले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँ दिल्ली लैजान लागेको अवस्थामा कोकिन सहित एक भारतीय महिला र काठमाडौंको ठमेलस्थित एक होटलबाट अर्का एक भारतीय महिलालाई पक्राउ गरिएको जनाएको हो।

पक्राउ पर्नेमा ४५ वर्षीया भन्लालमी र २९ वर्षीया इस्थर लाह्लिमपुई रहेको ब्युरोले जनाएको छ। बरामद भएको कोकिनको अवैध बजार मूल्य १७ करोड तीन लाख ५१ हजार रहेको व्युरोका प्रमुख ‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍प्रहरी वरिष्ठ उपरीक्षक विकास राज खनालले जानकारी दिए।

फागुन १४ गते दिल्ली जान लागेकी भन्लालमीको लगेज चेकजाँच गर्ने क्रममा लगेजभित्र चारवटा लेडिज फल्सबटम बनाई लागू औषध लैजान लागेको अवस्था पक्राउ गरिएको खनालले बताए।

त्यस्तै इस्थर लाह्लिमपुइलाई विशेष सूचनाका आधारमा हाेटेलमा चेकजाँच गर्दा सुकटेसभित्र फल्सबटम बनाई कोकिन लुकाईराखेको अवस्थामा पक्राउ गरिएको उनले बताए।

पक्राउ परेका भारतीय नागरिकविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १५:५५ बजे, बिहीबार, चैत १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्