भागबन्डा मिल्यो, कांग्रेसलाई अर्थ, परराष्ट्रसहित आठ मन्त्रालय
प्रधानमन्त्रीको सचिवालयनिकट स्रोतका अनुसार आजै साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने र शपथ खुवाउने तयारी छ।
काठमाडौं, चैत १६ : सत्ता गठनबन्धनमा ठुलो दल नेपाली कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा, स्वास्थ्यसहित आठ मन्त्रालय पाउने टुंगो लागेको छ।
यसका अतिरिक्त कांग्रेसले सामान्य प्रशासन, सहरी विकास, भूमि व्यवस्था र कानुन मन्त्रालय पनि पाउनेछ।
यस्तै नेकपा माओवादी केन्द्रका भागमा गृह, ऊर्जा, सञ्चार, पर्यटन र महिला तथा बालबालिका मन्त्रालय परेको छ।
जनता समाजवादी पार्टी (जसपा) ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कृषि तथा पशुपन्छी मन्त्रालय र नेकपा एकीकृत समाजवादीले भौतिक पूर्वाधार र वन पाउने भएका छन्।
नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय, जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नागरिक उन्मुक्ति पार्टीले युवा तथा खेलकुद र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने टुंगो लागेको छ ।
प्रधानमन्त्रीको सचिवालयनिकट स्रोतका अनुसार आजै साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने र शपथ खुवाउने तयारी छ।











