Kathmandu Press

आजै साँझ फेरि बस्नेगरी सरकार र मिटरब्याज पीडितको बैठक सकियो

वार्ता गृह मन्त्रालयमा भएको थियो। त्यसक्रममा दुवै पक्षले आआफ्ना धारणा राखेका थिए। अर्को वार्ता आजै साँझ ६ बजे बस्ने मिटरब्याजविरुद्धको संघर्ष समितिका संयोजक मनोज पासवानले बताए।
आजै साँझ फेरि बस्नेगरी सरकार र मिटरब्याज पीडितको बैठक सकियो

काठमाडौं, चैत १६ : सरकार र मिटरब्याज पीडितबीच बिहीबार दिउँसो भएको वार्ता साँझ फेरि बस्नेगरी सकिएको छ।

वार्ता गृह मन्त्रालयमा भएको थियो। त्यसक्रममा दुवै पक्षले आआफ्ना धारणा राखेका थिए। अर्को वार्ता आजै साँझ ६ बजे बस्ने मिटरब्याजविरुद्धको संघर्ष समितिका संयोजक मनोज पासवानले बताए।

यसअघि मिटरब्याज अपराध नियन्त्रण कार्यदलबाट प्रस्तुत प्रतिवेदन अध्ययन गर्न र अन्य पीडितहरुसँग छलफल गर्न संघर्ष समितिले समय मागेकाले साँझ बस्नेगरी बैठक टुंग्याइएको बताइएको छ।

संघर्ष समितिले ९ बुँदे माग सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मालाई बुझाएको छ। मिटरब्याज संघर्ष समितिले यसअघि मिटरब्याज अपराध नियन्त्रण कार्यदलबाट प्रस्तुत प्रतिवेदन समेत अध्ययन गर्न र अन्य पीडितहरुसँग पनि छलफल गर्न समय मागेकाले बेलुका पुनः वार्ता गर्ने गरी दिउँसोको वार्ता स्थगित भएको जनाइएको छ।

जफत भएको जमिन फिर्ता गरिनुर्ने, मुद्दा लागेका पीडितको मुद्दा खारेज हुनुपर्ने, सबै समस्या समाधान गर्ने आयोग गठन गर्नुपर्नेलगायत माग संघर्ष समितिले राखेको छ।

प्रकाशित मिति: १४:४२ बजे, बिहीबार, चैत १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्