Kathmandu Press

कांग्रेसले चितवन-२ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो क्षेत्रमा पूर्वजिल्ला सभापतिसमेत रहेका श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 
कांग्रेसले चितवन-२ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने

काठमाडाैं, चैत १६ : नेपाली कांग्रेसले आगामी वैशाख १० मा हुने लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा चितवन क्षेत्र नं २ मा नेता जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो क्षेत्रमा पूर्वजिल्ला सभापतिसमेत रहेका श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

तनहुँ क्षेत्र नं १ मा नेता गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेसले बारा क्षेत्र नं २ मा भने कस्लाई उम्मेदवार बनाउने भन्ने निर्णय पछि हुनेजनाइएको छ।

तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि, बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि र चितवन–२ बाट निर्वाचित रवि लामिछाने नागरिकताको विवादमा परेपछि प्रतिनिधिसभाका तीन स्थान रिक्त छन्।

निर्वाचन आयोगले तीनवटै निर्वाचन क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन गर्ने तयारी गरेको छ।

प्रकाशित मिति: १३:२० बजे, बिहीबार, चैत १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्