क्रिकेट रंगशालाको समस्या दुई साताभित्रै समाधान हुन्छ : प्रधानमन्त्री
बिहीबार चितवनस्थीत भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले रंगशालाको समस्या दुई सातामा हल हुने बताएका हुन्।
चितवन, चैत १६ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनमा रहेको क्रिकेट रंगशालाको समस्या दुई साताभित्रै समाधान हुने बताएका छन्।
बिहीबार चितवनस्थीत भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले रंगशालाको समस्या दुई सातामा हल हुने बताएका हुन्।
उनले रंगशालामा रहेका समस्या हल गर्ने जिम्मा सरकारले लिने जिकिर गरे। प्रधानमन्त्री प्रचण्डले थोरै मन्त्रालय मिलाउन बाँकी रहेकाले छिटै मन्त्रीपरिषद् विस्तार हुने जानकारी दिए।
भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन भ्याट बाहेक १ अर्ब २७ करोड, ९० लाख ९८ हजार ९७७ रुपैयाँमा निर्माण गर्न लागिएको हो । टर्मिनल भवनको निर्माण ३६ महिनाभित्र सम्पन्न गरिसक्ने सम्झौतामा उल्लेख छ।
प्रकाशित मिति: १२:५६ बजे, बिहीबार, चैत १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार