Kathmandu Press

लोसपाका शरतसिंह भण्डारी श्रममन्त्री बन्दै

सत्तारूढ गठबन्धनबाट नौ दलकाे सहभागितामा सरकारकाे पुनर्गठन हुँदैछ।
लोसपाका शरतसिंह भण्डारी श्रममन्त्री बन्दै

काठमाडौं, चैत १६ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद शरतसिंह भण्डारीलाई सरकारमा पठाउने भएको छ।

उनी श्रम, रोजगार तथा सासाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारीमा सरकारमा जाने भएका हुन्। आफ्नो भागमा परेको श्रम मन्त्रालयमा परेको र त्यसमा नेता भण्डारीलाई पठाउन लागिएको लोसपाका एक जना शीर्ष नेताले बताए।

सत्तारूढ गठबन्धनबाट नौ दलकाे सहभागितामा सरकारकाे पुनर्गठन हुँदैछ। जसमा नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपाले २/२ र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल समाजवादी पार्टी र आज जनता पार्टीले १/१ मन्त्रालय लिने सहमति भएको छ।

प्रकाशित मिति: १२:५१ बजे, बिहीबार, चैत १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्