Kathmandu Press

वेदुराम भुसाल शिक्षामन्त्री बन्ने निश्चित

राष्ट्रियसभा सदस्यसमेत रहेका भुसाल १२ वर्ष जेल जीवन बिताएका नेता हुन्। अर्घाखाँचीका भुसालले जनताको बहुदलीय जनवादमा विद्यावाधि गरेका छन्। उनलाई मन्त्रीमा नियुक्त गरी आजै शपथ खुवाउने तयारी भएको छ।
वेदुराम भुसाल शिक्षामन्त्री बन्ने निश्चित

काठमाडौं, चैत १६ : नेकपा एकीकृत समाजवादी (नेकपा एस) का उपाध्यक्ष वेदुराम भुसाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्ने निश्चित भएको छ। नेकपा एसबाट भुसाल र प्रकाश ज्वाला मन्त्री हुँदैछन्। 

राष्ट्रियसभा सदस्यसमेत रहेका भुसाल १२ वर्ष जेल जीवन बिताएका नेता हुन्। अर्घाखाँचीका भुसालले जनताको बहुदलीय जनवादमा विद्यावाधि गरेका छन्। उनलाई मन्त्रीमा नियुक्त गरी आजै शपथ खुवाउने तयारी भएको छ।

यस्तै समाजवादीका उमहासचिव प्रकाश ज्वालालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा बनाउने तयारी गरिएको छ। अहिले उक्त मन्त्रालयको जिम्मेवारी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सम्हाल्दै आएका छन्। श्रेष्ठ गृह मन्त्रालयमा जाने भएपछि ज्वाला भौतिक मन्त्री बन्न लागेका हुन्।

सरकारमा नौ दलको सहभागिता हुने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बेलुकासम्म मन्त्रिपरिषद् विस्तार गर्ते तयारीमा छन्।

सत्ता गठबन्धनमा मन्त्रालयको भागबन्डा टुंगिएका कारण सरकार गठनमा अब कुनै बाधा छैन। यता, प्रधानमन्त्रीलाई मन्त्रीको नाम बुझाउन नेपाली कांग्रेसको कार्य सम्पादन समिति बैठक बसिरहेको छ। 
 
प्रकाशित मिति: १२:३९ बजे, बिहीबार, चैत १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्