Kathmandu Press

तनहुँ १मा कांग्रेसले गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने

बिहीबार बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
तनहुँ १मा कांग्रेसले गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने

काठमाडाैं, चैत १६ : वैशाख १० गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेसतर्फबाट तनहुँ १मा गोविन्द भट्टराई उम्मेदवार बन्ने भएका छन्।

बिहीबार बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

तनहुँ–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

नेपाली कांग्रेसभित्र भट्टराई अवसर नपाउने त्यागी नेताका रुपमा परिचित छन्। नेपाल विद्यार्थी संघको अध्यक्ष र नेपाल तरुण दलका उपाध्यक्ष भइसकेका भट्टराईले अहिलेसम्म चुनाव लड्ने अवसर पाएका थिएनन्।

उनी २०४८ सालदेखि नेपाली कांग्रेसको लगातार महाधिवेशन प्रतिनिधि हुदै आएका छन्। त्यसका साथै उनी लगातार तीन पटक नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत निर्वाचित भएका छन्।

प्रकाशित मिति: १२:२४ बजे, बिहीबार, चैत १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्