धवनले गुमाए न्युजिल्यानडविरुद्धको टि–२० सिरिज
काठमाडौं, माघ ७ : भारतीय ओपनिङ ब्याट्सम्यान शिखर धवनले न्युजिल्यान्डविरुद्ध टि–२० सिरिज गुमाउने भएका छन्। काँधको चोटका कारण धवनले न्युजिल्यान्डव....

काठमाडौं, माघ ७ : भारतीय ओपनिङ ब्याट्सम्यान शिखर धवनले न्युजिल्यान्डविरुद्ध टि–२० सिरिज गुमाउने भएका छन्। काँधको चोटका कारण धवनले न्युजिल्यान्डविरुद्धको टि–२० सिरिज गुमाउने भएका हुन्।
आइतबार बेंग्लोरमा भएको अस्ट्रेलियाविरुद्धको तेस्रो वान डेमा फिल्डिङका क्रममा धवनको काँधमा चोट लागेको थियो। खेलको पाचौं ओभरमा अस्ट्रेलियन कप्तानको आरोन फिन्चको सट ‘कभर प्वाइन्ट’मा डाइभ लगाएर रोक्ने क्रममा उनको काँधमा चोट लागेको थियो। त्यहि चोटका कारण धवनले सो खेलमा पनि ब्याटिङ गरेका थिएनन्।
भारतले न्युजिल्यान्डमा पाँचवटा टि–२० र तीनवटा एकदिवसीय खेल खेल्नेछ। अहिलेलाई धवनलाई टि–२० सिरिजबाट मात्र बाहिर राखिएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले जनाएको छ। एकदिवसीय सिरिज अघि नै धवन ठीक भए उनी टिममा फर्कनेछन्। टि–२० सिरिज २४ जनवरी र एकदिवसीय फेब्रुअरी ५ बाट सुरू हुनेछ।
धवन न्युजिल्यान्डविरुद्धको टि–२० सिरिजबाट बाहिरिए पनि उनको स्थानमा कसलाई ल्याउने भन्ने टुंगो लागेको छैन। धवनको स्थानमा सम्मवतः विकेटकिपर ब्याट्सम्यान सन्जु सामसन, पृथ्वी शमध्ये एक भारतीय टिममा हुनेछ। तीनै जना अहिले न्युजिल्यान्डमै छन्।
सामसनले भारतका लागि एक मात्रै खेल खेलेका छन्। श्रीलंकाविरुद्धको टि–२० सिरिजमा सामसन रोहित शर्माको स्थाना भारतीय टिममा परेका थिए। उनले पुनेमा भएको अन्तिम टि–२० मार्फत भारतीय टिममा डेब्यू गरेका थिए।
भारत एबाट न्युजिल्यान्डमा उत्कृष्ट प्रदर्शन गरिहेका पुथ्वी शले पनि धवनको स्थान लिन सक्नेछन्। न्युजिल्यान्डविरुद्धको वामअप म्याचमा एक सय बलमा एक सय ५० रनको उत्कृष्ट इनिङ खेलेकाले उनी पनि धवनको रिप्लेसका लागि उपयुक्त खेलाडी हुन सक्नछन्। श भर्खरै चोटबाट निको भएका हुन्।











